सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, फागुन १ । भक्तपुरमा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डू पानी ट्याङ्कीमा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ । साेमबार साँझ पसल गएर फकिर्ने क्रममा गुण्डू खहरे बस्ने सुनिल तामाङका ६ वर्षीय छोरा सिरिश तामाङलाई बाघले आक्रमण गरी घिसारेर जङ्गलमा लगेर खाएको प्रहरीले जानकारी दिएको छ ।
पसल गएका बालक बेपत्ता भएपछि खोजी गर्दा स्थानीयबासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साँढे १० बजे बालकुमारी सामूदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा