सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ २४ । दुबई अन्तराष्ट्रिय विमानस्थल लगातार चौथो बर्ष पनि विश्वको अति ब्यस्त अन्तराष्ट्रिय विमानस्थल बनेकोे छ ।
२०१७ मा पनि यो विमान स्थल सबैभन्दा ब्यस्त बन्यो । यो बर्ष यस विमानस्थलमा करिब ८८.२ मिलियन यात्रीहरुले यात्रा गरे जसमध्ये सबैभन्दा बढि १२.१ मिलियन भारतीय नागरीकहरुले यात्रा गरेका छन् ।
दुबई विमानस्थल को रिपोर्टका अनुसार दुबई विमानस्थलमा अन्तराष्ट्रिय यातायातको लागी पछिल्लो बर्षको तुलनामा ४.६ मिलियन बढि यात्रुको आगमन भएको छ, जुन ५.५ प्रतिशतले बढि हो ।
विमानस्थलका सिइओ पाउल ग्रिफिथ्स का अनुसार २०१८ मा ९०.३ मिलियन ब्यक्तिहरुले यात्रा गर्ने लक्ष्य लिएको बताएका छन् ।
दुबई अन्तर्राष्ट्रिय एयरपोर्टले पहिलोपटक लन्डनको हेथ्रो विमानस्थललाई २०१४ मा पराजित गर्दे संसारको सबैभन्दा व्यस्त विमानस्थलमा प्रवेश गरेको थियो ।
दुबई यात्रा गर्नेमा यो पटक पनि सबैभन्दा बढि भारतीय रहे । २०१६ को तुलनामा २०१७ मा ५.४ प्रतिशत बढि ब्यक्तिहरुले भारतीयहरुले दुबईको यात्रा गरेका छन् । दोस्रो नम्बरमा ब्रिटिश तथा तेस्रो नम्बरमा साउदी अरब परेको छ । ६.५ मिलियन ब्रिटिशहरुले तथा ६ं.४ मिलियन साउदी अरबीयनहरुले दुबईको यात्रा गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा