सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ६ । संजय लिला भंसालीको फिल्म “पद्मावत” को मुद्धा लडीरहेको वरिष्ठ वकील हरीश साल्चेलाई ज्यान मार्ने धम्कि आएको छ । फिल्मको विरोध गरीरहेका राजपुत संगठनको तर्फबाट हरिश साल्चेको अफिसमा धम्किपुर्ण टेलिफोन आएको हो । हरिश साल्चेले मिडियालाई भने अनुसार फिल्म रिलिज भएमा ज्यान मार्ने धम्कि आएको बताएका छन् ।
हरिश साल्चेको अभिब्यक्ति पश्चात करणी सेनाका प्रमुख लोकेन्द्र सिंह कल्चीले प्रतिवाद गरी हरेक “पद्मावत” को कुराहरुलाई लिएर जिम्मेदार ठहराउनु गलत भएको जिकिर गरेका छन् ।
सर्वोच्च अदालतमा निर्माताको तर्फबाट हरिश साल्चेसँग बरिष्ट वकील मुकुल रोहतगी पनि यो मुद्धामा “पद्मावत” को तर्फबाट मुद्धा लडिरहेका छन् ।
राज्य सरकारले फिल्मलाई बैन गरेको विरोधमा साल्चेले कैयौ तर्क पेश गरेका छन् । दुबै बरिष्ठ वकिल अनुसार राज्य सरकारसँग कुनैपनि शक्ति तथा अधिकार छैन कि यस्तो फिल्मलाई प्रसारण गर्न रोक लगाउने ।
तर फिल्मलाई केन्द्रिय प्रसारण बोर्डले भने पास गरिसकेको छ ।
राज्यको तर्फबाट मुद्धा लडिरहेका तुषार मेहताले ऐतिहासिक तथ्यलाई तोडमतोड गरी फिल्म बनाएको आरोप लगाएउदै फिल्म बैन गनुपर्ने तर्क दिएका छन् । यसलाई हरिश साल्चेले फिल्ममा देखाइने डिस्क्लेमर लाई अदालतमा पढेर सुनाए जसमा भनिएको छ ” यो एक काल्पनिक कहानीमा आधारित हो, इतिहाससँग यो फिल्मको कुनै लेनदेन छैन ” साल्चेले अदालतमा भनेका छन् ‘एक दिन म कलाकारलाई इतिहासलाई लिएर छेडछाडको अधिकार पनि दिनको लागी माग राख्दै अदालतमा मुद्धा दर्ता गर्नेछु’ ।
२२ जुन १९५५ मा महाराष्ट्रमा जन्मेका साल्चे हाल नागपुरमा बसोबास गर्छन । हरीश चन्द्र भारतका बरिष्ट एडवोकेट्स मध्येका एक हुन । २०१५ मा बलिउड स्टार सलमान खानलाई सजाय हुनुभन्दा केही घण्टा अगाडी उनले आफनो तर्फबाट बेल दिलाएका थिए । उनले एक रुपैया पारिश्रमीक लिएर कुलभुषण जाधबको तर्फबाट अन्तराष्ट्रिय अदालतमा भारतको पक्षमा मुद्धा लडेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा