सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २८। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शनिबार हुने दिक्षान्त समारोहमा सहभागि हुनका लागि उपप्रधानम एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित प्रधानमन्त्री देउवा शुक्रबार नै महेन्द्रनगर गएका छन् ।
धनगढी विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफू राजीनामा दिन तयार रहे पनि राष्ट्रिय सभाको निर्वाचन वर्तमान सरकारले नै गर्नुपर्ने बाध्यता भएको बताए।
प्रदेश प्रमुख र अस्थायी राजधानीबारे सरकारले सहमति गर्न खोजे पनि अन्य दलहरुले नमानेको देउवाले बताए । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ २५ गते तोकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा