सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
काठमाण्डौ, पुस २७ । आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाइने गरिएकामा लोकतन्त्रको स्थापनापछि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडेपनि नागरिकस्तरमा भने यो दिवस मनाईने गरिएको थियो ।
पृथ्वीजयन्ती समारोह नागरिक समितिले यस वर्ष पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण सहित बिभिन्न कार्यक्रम गर्दैछ । नेपाल एकीकरणमा मुख्य भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नहुने समितिको भनाई छ ।
स–साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गरेर एकिकरण गरेका हुन।
पृथ्वीनारायण शाहले सानो सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको हो ।
यो वर्ष भने सरकारले पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन सुचना जारी गरी सार्वजनिक बिदा दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा