सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २९ । नेेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीले व्यहोरेको हारको जिम्मा लिँदै राजीनामा दिन सुझाएका हुन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वमहामन्त्री सिंहले चुनाव हारेपछि राजीनामा दिने प्रचलन रहेको बताए ।
‘फलानोले (राजीनामा) दिनै पर्छ भनेर मैले भन्ने होइन’, उनले भने, ‘डेमोक्र्याटिक पार्टीको नेतृत्व भएकाले आफूले सोचेअनुसारले काम जनताले अनुमोदन गरेर यो कारणले छोड्छु भन्ने राम्रो हो ।’ पार्टी सभापति देउवाले राजीनामा नदिए पार्टीको विधान अनुसार अघि बढ्ने उनले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा