सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २७ । नेपालीहरुको लागि बैदेशिक रोजगारीको मूल गन्तब्य कुवेत बन्दै गएको छ । त्यहाँको कम्पनी र पारिश्रमिकका कारण नेपालीहरु कुवेत तर्फ आर्कषित भैरहेका छन् । यही बीच कुवेतको निजी एयेर कम्पनीले सिधा नेपाल उडान गर्ने भएको छ ।
वतानिया एयरवेज्ले डिसेम्बर १३ देखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलबाट आफ्नो सेवा सञ्चालन गर्दैछ । वतानिया सेवा निगमका अनुसार, नेपालबाट कुवेत जाने र कुवेतबाट नेपाल आउने यात्रुहरुलाई लक्ष्ति गर्दै
वतानिया एयरवेज्ले नेपालबाट कुवेतको नयाँ सेवा शुरु गर्दैछ । यसले प्रत्यक्ष रुपमा नेपालीहरुलाई फाइदा पुग्ने आशा गरिएको छ ।
त्यसोत, कुवेती जनतालाई नेपालमा पर्यटकका रुपमा ल्याउँने उदेश्यलाई समेत मूल बताएको छ । ए–३२० विमान सहितको वतानिया एयरवेज्ले विश्वभरका ११ गन्तव्य सम्मका लागि उडान सेवा उपलब्ध गरिरहेको छ । यही बीच नेपालबाट सिधा कुवेत सम्म पु¥याउने एयरलाइन्सले २३००० भाडा निर्धारण गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा