सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २ । शनिबार बिहान तिब्बतको निङ्ची क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अरुणाञ्चल प्रदेशको वोर्डरसँगै पर्ने निङ्ची क्षेत्रमा शनिबार ६.९ रेक्टरस्केल भूकम्प गएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
चिनिया समयअनुसार विहान ६ः३४ मिनेटमा गएको उक्त भुकम्पबाट मानवीय तथा भौतीय क्षती भने भएको छैन । भुकम्पको कम्पन्न केन्द्र विन्दुबाट १० कि.मि परसम्म हल्लाएको थियो ।
स्थानीय नागरिकहरूको उद्धृत गर्दे इटानगरको राजधानी इटानगरमा कम्पन्न महसुस गरिएको थियो भने एलो, अनीनी, ट्युटिङ, गिलिङ, यिंगकियनग र मेचुका अन्य शहरहरूमा केही कम्पन्न महसुस गरिएको थियो।
यता डिब्रुगृह, उत्तरी लखिमपुर, जोरहट, तेजपुर, गुवाहाटी र नागाल्याण्डको कोहिमामा तथा असममा रहेका अन्य ठाउँहरूमा पनि महसुस गरिएको थियो।
भूकम्पको केनद्रबिन्दु भएको क्षेत्रमा गाउँ नभएकाले मानवीय क्षति भने नभएको हो । उद्धारका लागि बेइजिङदेखि मात्रै नभएर स्थानीय र छिमेकी प्रान्तबाट उद्धारका टोलीहरू तत्काल पुगेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा