सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, कार्तिक १२ । विराट कोहलीले भारत र न्यूजिल्याण्डबीचको तेस्रो एकदिवसीय खेलमा नौ हजार रन पूरा गरेका छन् । कानपुरमा जारी ग्र्यान्डहोमको बलमा चौका हान्दै १९४ एक दिवसीय खेलमा कोहलीले नौ हजार रन पूरा गरेका हुन् ।
यो सँगै कोहली सबैभन्दा छिटो नौ हजार रन बनाउने खेलाडीको सूचिमा पर्न सफल भएका छन् । यो भन्दा पहिले यो रेकर्ड एबि डिभिलियर्सको नाममा थियो । डिभिलियर्सले २०५ एक दिवसीय खेलमा यो रेकर्ड बनाएका थिए । कोहलीले १०६ बलमा ११३ रन बनाएका हुन् । दायाँ ह्यान्डर खेलाडी स्टाइलिस खेलाडी कोहली यो सुचीमा पर्ने भारतको छैटौ खेलाडी हुन । योभन्दा पहिले सौरभ गांगुली, सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी, राहुल द्रविड तथा अजरुद्धीनले पनि नौ हजार रन बनाएर रेकडृ राखी सकेका छन् ।
न्यूजील्याण्ड विरुद्ध १०६ बलमा ११३ रन बनाउदै , कोहलीले छैटौं सेन्चुरी २०१७ मा सबैभन्दा बढि रन लिने कप्तानको आफनो नाम दर्ता गरेका छन् ।
यसबाहेक, कोहलीले एक वर्षमा एकदिवसीय ओडीआईको सबैभन्दा बढी ओभर लिने कप्तानको नाममा पनि रेकर्ड बनाएकाछन्, यसअघि अष्ट्रेलियाका कप्तान रिकी पन्टिंग, जसले२०७ मा १४२४ रन बनाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा