सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिन्धुपाल्चोक, असोज २९ । सिन्धुपाल्चोकमा बोरेलो जीप दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । दुर्घटनामा परि चारजना घाइते भएका छन् ।
सिन्धुपाल्चोकको इन्दवती गाउँपालिका–११ भीमटार बहरेमा गएराति बा १५ च ३७ ४४ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा चालक काभ्रेका गोकुल अधिकारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते चारजनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। जीप के कारणले दुर्घटना भएको भन्ने बारे नखुलेको प्रहरीको भनाइ छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा