सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ असोज (रासस) । पाकिस्तान सरकारले हालैको बाढी प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा बाढीपीडितको सहयोगका लागि सो सहयोग प्रदान गरिएको जनाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभाको क्रममा संयुक्त राज्य अमेरिकामा भेटवार्ता गर्नुहुँदा बाढीबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको थियो ।
विज्ञप्तिमा दुई देशका सरकार र जनताका बीच सुमधुर र मैत्री सम्बन्ध रहेको र जस्तोसुकै कठिनाइको अवस्थामा पनि एकापसमा सहयोग र सदभाव रहिरहने उल्लेख गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा