सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २२ । भ्रष्टाचारको आरोपमा सरकारले बर्खास्त गरेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट नहटाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
आइतबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्काको रिटमा सुनुवाइ गर्दै उनको माग अनुसार अन्तरिम आदेश जारी गर्दे उनलाई पदबाट हटाउनु गैरकानुनी भन्दै निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
पेट्रोलियम पदार्थ भण्डारस्थल बनाउनका लागि जग्गा किन्दा अनियमितता गरेको आरोपमा सर्बत्र विरोध भएपछि सरकारले खड्कालाई असोज २ गते पदबाट हटाएको थियो । खड्काले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णय खारेज गर्न अन्तरिम आदेश माग गर्दै असोज ४ गते सर्वोच्चमा रिट दिएका थिए। रिटमा उनले आफूलाई स्पष्टीकरण दिने मौका नदिइ हटाइएको भन्दै निर्णय खारेजीको उत्प्रोषणको आदेश माग गरेका छन् ।
आफू चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएकाले अझै डेढवर्ष आफ्नो कार्यकाल रहेको रिटमा उल्लेख थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा