सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले सबै रासायनिक अस्त्रहरु नष्ट गरेको बताएका छन्। रासायनिक अस्त्रहरु निर्मूल पार्ने उद्देश्य लिएको अन्तर्राष्ट्रिय निकाय ओपीसीडब्ल्यूले अस्त्रहरु नष्ट गरिएको आफूले पुष्टि गरेको जनाएको छ।
रुसी कदमलाई उसले कोशेढुंगा भनेको छ। रासायनिक अस्त्रहरु नष्ट गरिएको घोषणा गर्दै पुटिनले त्यो ऐतिहासिक दिन भएको बताए।
वातावरणीय
तर अमेरिकाले त्यससम्बन्धी आफ्नो दायित्व पूरा नगरेको भन्दै उनले अमेरिकी सरकारको आलोचना गरेका छन्। वाशिङटनले ९० प्रतिशतभन्दा बढी गोलीगट्ठा नष्ट पारिसकेको छ।
तर वातावरणीय र आर्थिक पक्षलाई लिएर बाँकी नष्ट गर्न ढिलाई भइरहेको छ। सन् १९९७ मा लागू भएको रासायनिक अस्त्र महासन्धिले त्यसको उत्पादन, भण्डारण र प्रयोगमा रोक लगाएको छ। बीबीसीबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा