सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ९ । जापानमा आइतबार साँझ भएको बस दुर्घटनामा १० नेपाली घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मीना केसी, रुद्रपुर गाउँपालिका छपाली टोलकी मीना श्रीश मगर, बाग्लुङको चमुवाकी लक्ष्मी चालिसे सुवेदी, रितुरमणपाल दर्नाल र कमला नेपाली छन् ।
साइतामाको चुरुसे बस्ने नेपाली र दर्नालको ठेगाना थाहा हुन सकेको छैन ।
आईपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका २२ मध्ये १० नेपाली रहेको किवा कम्पनीकी कविता भण्डारीले जानकारी दिएकी छन् । –कान्तिपुर दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा