सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २ । आज भएको प्रदेश नं २ का ८ जिल्लाका १३६ स्थानीय तहमा मतदान शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । निर्वाचन अायोगले जानकारी दिएअनुसार मतदान गर्ने समय सकिएको भएतापनि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउने छन् ।
केहि स्थानमा मत गणना अाजै रातिबाट सुरू हुने बताइएको छ । ६६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेदवार छन् । जसमध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष छन् ।
निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय नौ र महिला ६१ जना उम्मेदवार छन् । नगर उपप्रमुख र उपाध्यक्षमा भने महिलाको उम्मेदवारी बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा एक सय ९७ पुरुष र नौ सय १९ महिला उम्मेदवार छन्।
आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् । हालसम्म आठजना निर्विरोध भइसकेका छन्। २ नम्बर प्रदेशमा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा