सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र ३० । एनआईसी एशिया बैंक लिमिटेडले आफनो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आज एक विशेष कार्यक्रमका साथ कार्की ब्याङक्वेट, बबरमहल, काठमाण्डौमा साधारणसभा सम्पन्न भएको हो । सभाबाट बैकले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सोमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् रु. ७ करोड ४लाख ४८ हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।
सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतकाप्रस्तावपनिपारित गरेको छ ।
उक्त वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा १) श्री जगदीश प्रशाद अग्रवालज्यू २) श्री तुलसीराम अग्रवालज्यू र ३) श्री रामचन्द्र संघईज्यू तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक १) श्री राजेन्द्र प्रसाद अर्याल ज्यू २) श्री विनोद कुमार प्याकुरेलज्यू र ३) श्री आदित्यकुमार अग्रवालज्यू लाई सर्वसम्मतीमा सञ्चालकमा निर्वाचित गरेको छ । यस अघि बैंकको ३२० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमाश्री गणेश मानश्रेष्ठ ज्यूलाई नियुक्त गरेको थियो ।
साथै,साधारण सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमाश्रीतुलसीरामअग्रवालज्यू लाई सर्बसम्मतीले चयन गरेको छ ।
बैंकले हालकरिब ५ लाख७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्गग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपानेले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा