सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नयाँ बर्ष २०८२ को पहिलो कारोबारको दिन हिजो २७ अङ्कले बढेको शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ०१ अङ्कले बढेर २ हजार ६९६ दशमलव २३ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको यसदिन ३२९ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावरको ५९ करोड ६१ लाखको शेयर किनबेच भयो ।
आज फाइनान्स, होटल, लगानी, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेको छ । आज जलविद्युत् समूहको शेयर १ दशमलव ६३ र विकास बैंक समूहको शेयर १ दशमलव ११ प्रतिशतले उकालो लागेको छ ।
यसदिन कर्पोरेट विकास बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गुँरास लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा