सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, २४ पौष । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरस्वती माध्यमिक विद्यालय, दमक–०९, इटाभट्टा, झापामा सञ्चालन भइरहेको अटिजम सिकाइ केन्द्रलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेको छ।
बैंकको दमक शाखाद्वारा आयोजित एक कार्यक्रमका क्रममा विद्यालयका प्रधानाध्यापकलाई यी सामग्रीहरू हस्तान्तरण गरिएको हो। विद्यालयमा हाल २४ जना अटिजम भएका विद्यार्थीहरू अध्ययनरत छन्, जो यस सहयोगबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने छन्।
महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार सुधार, र मानव सेवाजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। बैंकले यस सहयोगले विद्यार्थीहरूको शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छ।
सामाजिक उत्तरदायित्वसँगै बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित, र सहज बैंकिङ्ग अनुभव प्रदान गर्न “महालक्ष्मी स्मार्ट साथी” नामक मोबाइल एप्लिकेसन परिष्कृत गरी सञ्चालनमा ल्याएको छ। यो एपले ग्राहकलाई सहज डिजिटल सेवा अनुभव गराउन मद्दत गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
महालक्ष्मी विकास बैंकले आफ्नो सामाजिक र प्राविधिक गतिविधिमार्फत समुदायको विकास र सशक्तीकरणमा योगदान दिइरहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा