सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३१ जेठ देशका ५ गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको चार वर्ष बितिसकेको छ । हालसम्म उक्त मुद्दाको फैसला हुन सकेको छैन ।
गुन्डा नाइकेहरू गणेश लामा, चक्रे मिलन भनिने मिलन गुरुङ, दीपक मनाङे भनिने राजीव गुरुङ, अभिषेक गिरी र परशुराम बस्नेतविरुद्ध ५ जेठ २०६८ मा गुन्डागर्दीबाट करोडौँ सम्पत्ति जम्मा गरेको अभियोगमा मुद्दा दायर भएको थियो । लामाको २७ करोड, मनांगेको १४ करोड, बस्नेतको ११ करोड, चक्रेको ७ करोड तथा गिरीको करिब ३ करोड अवैध सम्पत्ति रहेको दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।
उनीहरूको परिवारका सदस्यहरूविरुद्ध समेत मुद्दा दायर भएको थियो । सबैजना धरौटीमा छुटेका थिए । २ वर्षदेखि उनीहरूको मुद्दाको पेसी चढे पनि सरेको सरै छ । उनीहरूमध्ये गिरी अपहरण मुद्दाका कारण जेलमा छन् भने, अरू आ–आफ्नो व्यवसाय गरेर बसेका छन् । उनीहरूका सवै सम्पत्ति रोक्का भए पनि उनीहरू महँगा गाडी र आलिसान बंगलामा बस्दै आएका छन् । अदालतमा मुद्दाको चापका कारण उनीहरूको मुद्दाको फैसला हुन नसकेको विशेष अदालतका अधिकृत विष्णु पाण्डेले बताए । थप गुन्डा नाइकेमाथि अनुसन्धान भएन विभागले अन्य गुन्डा नाइकेहरूको सम्पत्तिको अनुसन्धान गरेको छैन । सिआइबीले बलराम सापकोटा, अजयमान श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठलगायतमाथि अनुसन्धान सुरु गरेपछि दबाबका कारण अनुसन्धान बीचमै रोकिएको थियो ।
पहिलो चरणमा ५ जनाविरुद्ध मुद्दा चलाइएको र गुन्डागर्दीमा संलग्न सबैमाथि मुद्दा चलाउने बताइएको छ । राजनीतिक दबाब र आर्थिक चलखेलका कारण सिआईबीले अनुसन्धान अघि नबढाएको स्रोत बताउछ । दृष्टि
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा