सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २७ – बजारमा नक्कली नोट भेटिन थालेको भन्दै सचेत हुन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा पाँच सय र हजार रुपैयाँको नक्कली नोट भेटिएको भन्दै राष्ट्र बैंकले सचेत हुन आग्रह गरेको हो । बैंकले सार्वजनिक सूचना निकालेर नक्कली नोटको कारोबार गम्भीर अपराध र ठगी भएको भन्दै सुरक्षित र भरपर्दो वातावरणमा मात्र नगद कारोबार गर्न पनि अपिल गरेको छ ।यस्तै नक्कली नोटसम्बन्धी कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल जिल्ला प्रशासन लगायत सुरक्षा निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।
सक्कली कि नक्कली कसरी चिन्ने ? : सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ।नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ। नोटको दायातर्फ रहेको सेतो भागको बायाँतर्फको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी) लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन।
सक्कली र जाली नोटलाई कान नजीकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ।जाली नोट सक्कली नोटजस्तो खासै चहकिलो देखिँदैन। सक्कली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने नक्कली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा