सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २४, धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ बाट मंगलबार प्रहरीले ७० किलो चरेससहित दुईजना पक्राउ गरेको छ । धादिङको गजुरीबाट मुग्लिनका लागि छुटेको ना ६ ख १३७ नम्बरको ट्रकमा प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक सरद खत्रीले बताउनुभयो ।
सुराकीको आधारमा ट्रक जाँच गर्दा चरेससहित ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–६ का कृष्णबहादुर राई र सहचालक मनहरी गाउँपालिका–६ कै आयुष लामालाई प्रहरीले पक्राउ गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा