सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कलैया, २२ जेठ । नीलहिरा समाज बाराले जिल्लामा ९०० देखि एक हजारसम्म हाराहारीमा तेस्रोलिङ्गी रहेकामा स्थानीय तहको निर्वाचनमा ५१ जना मात्र मतदाता नामावलीमा नाम रहेको कुरा नीलहिरा समाज बाराका जयशङ्कर साहबाट थाहाभएको छ ।
जिल्लामा एक हजारसम्म तेस्रोलिङ्गी हुँदाहुँदै पनि मतदाता नामावलीमा नाम समावेश नभएको मुख्य कारण नागरिकता नभएका, नागरिकता भए पनि तेस्रोलिङ्गी नछुट्याएकाले गर्दा मतदाता नामावलीमा नाम कम हुन गएको साहबाट थाहाभएको छ ।
तीन लाख ३७ हजार ३९ मतदाता रहेको बारा जिल्लामा ५१ जना मात्र तेस्रो लिङ्गी मतदाता रहेको कुरा जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेश सराफबाट थाहाभमउको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा