सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भरतपुर महानगरपालिकाको अन्तिम चरणको मतगणना चलिरहेका बेला अचानक मतपत्र च्यातिएपछि सुरु भएको विबादले उग्र रुप लिइरहेका बेला वडा नं। १९ मा फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजबाट सुनुवाई हुँदैछ । वडा नं। १९ का सदस्य उम्मेदार गुञ्जमान बिक र मतदाता अधिवक्ता तुलसीराम पाण्डेले आइतबार दायर गरेको रिटमा आजका लागि पेशी तोकिएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम मतगणनास्थल अनधिकृत कब्जा भएको निष्कर्ष निकाल्दै उक्त वडाका सबै मतपत्रहरू अवैध घोषित पुन मतदानको निर्णय गरेसँगै सर्वोच्चमा परेको रिटमा निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर फेरि मतदान गर्ने निर्णय गरेको भन्दै आयोगको निर्णय खारेजीको माग गरिएको छ ।
त्यस्तै च्यातिएका ९० मतलाई बदर मानेर बाँकी मत गणना गर्ने आदेशको माग पनि रिटमा गरिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम मतगणनास्थल अनधिकृत कब्जा भएको भन्दै १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा