सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १९ अवकाशको एक साता रहेको र केही संवेदनशील राजनीतिक महत्वका मुद्दाहरू सर्वोच्चमा विचाराधीन रहेकै बेला प्रधानन्यायाधीश सुशीला कार्कीको सक्रियता बढेको छ। बुधवार सरकारी आवासमा एमाले र अन्तर्राष्ट्रिय दातृनिकायसँग नजिक मानिने दुई पूर्वप्रधानन्यायाधीश र कार्कीका विश्वासिला चार बहालवाला न्यायाधीशको उपस्थितिले उक्त सक्रियता पुष्टि गरेको हो।
उत्तराधिकारी छनोटमा ढिलाइ भइरहेको, वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीविरुद्ध ‘शैक्षिक योग्यता र उमेर विवाद’ उठाउँदै उहाँको नियुक्ति रोक्न परेको सार्वजनिक हितको मुद्दाले रहस्यमय प्राथमिकता पाएपछि बारमा उत्पन्न तनावको सेरोफेरोमा उक्त बैठक बसेको हो। अन्नपूर्ण पोष्टमा यम विरहीले यो खबर लेखेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा