सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १७ । अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक नियोगहरु रहेको क्षेत्रमा एउटा आत्मघाती कार बम विस्फोट हुँदा दर्जनौको मृत्यु भएको छ भने तीन सय ५० जना भन्दा धेरै घाइते भएका छन् । काबुलको जानबाक स्क्वायर नजिक रहेको जर्मन दूतावास नजिक शक्तिशाली सवारी बम विस्फोट भएको हो । बिस्फोट गराईएको क्षेत्र नजिक भारतीय दुतावास, जर्मन दुतावास लगायतका विदेशी राजदूतावास र सरकारी कार्यालयहरु थिए । यो काबुलमा भएको हाल सम्म कै शक्तिशाली हमला भएको बताईएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेट जाँदा विस्फोट भएको हो ।
सयौं मिटर टाढाका घरहरुमा पनि विस्फोटका कारण क्षति पुगेको छ। झ्यालका सिसाहरु फुटेको र ढोकाहरु उछिट्टएको बताइएको छ।
अहिले पनि उद्धार तथा राहतको काम भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । हालसम्म ८० जनाको मृत्यु भएको छ भने झन्डै ४ सय घाइते छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा