सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १७, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतको सुलिगाड नाकाबाट मात्रै यस बर्ष ३१ लख ८९ हजार ६ सय राजस्व संकलन भएको छ । राष्ट्रिय निकुञ्जका अनुसार यार्सागुम्बा संकलकहरुलाई क, ख र ग बर्ग गरेर तीन थरिको ईजाजत पुर्जीको व्यबस्था गरिएको छ । जस अनुसार क बर्गको पुर्जीसँग पाँच सय, ख बर्गको पुर्जीसँग दुई हजार र ग बर्गको पुर्जीसँग तीन हजार राजस्व उठाईएको छ ।
निकुञ्जका अनुसार सुलिगाड नाकाबाट मात्रै सो रकम उठेको हो । अझै यार्सागुम्बा संकलनको लागि सर्वसाधारणहरु प्रवेश गर्ने त्रिपुराकोट, तोईजुम, डोल्फु, किम्री, धो लगाएतका १० वटा नाकाबाट राजस्व उठ्न बाँकी रहेको छ । अवको १० दिन भित्रै सबै ठाँउबाट राजस्वको विवरण आउने निकुञ्जले जनाएको छ । निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीका अनुसार आ.व ०७१-७२ मा जम्मा २ करोड ९५ लाख ७७ हजार राजस्व उठेको थियो । गत आ.व ०७२-७३ मा ९४ लाख ७८ हजार राजस्व संकलन भएको थियो ।
उनका अनुसार गत वर्ष मात्रै निकुञ्ज कार्यालयबाट मात्रै १ सय ४१ किलो यार्सागुम्बा छुट पुर्जी बितरण गरिएको थियो । “अघिल्लो बर्ष निकुञ्जको नाकाहरुबाट मात्रै यार्सागुम्बा संकलनको लागि छ हजार धेरै सर्वसाधारणहरुले पाटन गरेका थिए । यसपाली पनि गत बर्षकै हाराहारीमा सर्वसाधारणहरु हिमाली पाटन प्रवेश गर्ने अनुमान गरिएको छ” संरक्षण अधिकृत चौधरीले भने ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा