सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १७ – नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाएको बैठक एक घन्टा ढिला गरी सुरु भएको थियो। तर एमाले सांसदहरुले भरतपुरमा घटनाको विरोध गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको हो।
एमाले नेता सुरेन्द्र पाण्डेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने बताउँदै तत्काल मतगणना सुरु गर्न माग गर्नुभयो । ‘तुरुन्त मतगणना नभए देवी ज्ञवाली मेयरमा निर्वाचित भएको घोषणा गर्छ। हार्न लागेपछि मतपत्र च्यात्ने हो भने र निर्वाचन गराउँदै जाने हो भने दोश्रो चरणको निर्वाचनको अौचित्य छैन’, पाण्डेले भने, ‘यसो गर्दा निर्वाचन अायोगको काम सधैंभरि निर्वाचन गर्ने मात्रै हुन्छ। यस्तो अवस्था रहेसम्म सदनको काम अघि बढ्न सक्दैन।’ संसदमा आज अस्ति सोमबार प्रस्तुत गरिएको बजेटमाथि छलफल हुने कार्यसूचि थियो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा