सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, ६ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिएका छन् । प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘उनको कुनै सहकारी छ ? कुनै सहकारीमा संलग्नता छ ?,’ ओलीले प्रश्न गरे ।
उनले लामिछानेले कांग्रेसलाई साथ नदिएकाले बदनाम गर्न खोजेको आरोप लगाए ।
‘नेपाली कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएर बदनाम गर्न खोज्ने, फसाउन खोज्ने काम भएको छ,” ओलीले भने, “नेपाली कांग्रेसले सरकारबाट हट्नुपरेको पीडाको छटपटीमा छाती पिटेर रुँदै के भन्छ त्यसलाई महत्त्व दिन आवश्यक छैन ।’
अध्यक्ष ओलीले कांग्रेसका नेतामाथि प्रश्न उठ्न नसुनिएको बताउँदै एमाले नेतामाथि प्रश्न उठ्दा र बोलीमात्र चिप्लिदा पनि मन्त्रीबाट राजीनामा गर्न लगाएको स्मरण गरे।
उनले कांग्रेस सत्ताबाट बाहिर निस्किएपछि छाती पिटीपिटी रोएको टिप्पणी समेत गर्न भ्याए ।
उनले एमालेले सिनियर नेतालाई सरकारमा किन नपठाएको भन्ने प्रश्नमा अघिल्लो वर्ष पनि त्यस्तै गरिएको जवाफ दिए । ओलीले शीर्ष नेता बाहिर बस्न नहुने हो र भन्दै प्रतिप्रश्न गरे ।
कांग्रेसले लामिछानेको नाम सहकारी ठगीमा मुछिएको भन्दै राजीनामाको माग गर्दै आएको छ ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा