सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बनेपा, १५ जेठ । बनेपा नगरपालिकामा रहेका जनआन्दोलनका गम्भीर घाइते तथा ज्यूँदो सहिद मुकेश कायस्थलाई आज सम्मान गरिएको छ । उहाँको निवास पुगेर गणतन्त्र दिवस आयोजक जिल्ला समितिबाट सम्मान गरिएको हो ।
बाह्र वर्षदेखि अर्धचेत अवस्थामा रहेका मुकेशलाई प्रम्ख जिल्ला अधिकारी शिवप्रसाद सिङ्खडा, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कोमल धमला र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।
सो अवसरमा मुकेशकी आमा मिरा कायस्थले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै नियमित जाँचका लागि चिकित्सकको व्यवस्था गर्न अनुरोध गर्नुभएको थियो । जनआन्दोलका क्रममा मुकेश प्रहरीको गोली लागेर गम्भीर घाइते हुनुभएको थियो । यसअघि प्रभातफेरी आयोजना गरिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा