सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, जेठ १५ – चाँगुनारायण नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा एमालेले अग्रता कायमै राखेको छ। एमालेका तर्फबाट उम्मेद्वार सोम मिश्रले ६ हजार ७२ मत र उपप्रमुख विना बास्तोलाले ६ हजार ४५३ मतले अग्रता लिएका हुन्। नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेद्वार राजाराम खड्काले ५ हजार ८३९ मत र उपप्रमुख सरु बाँनियाले ६ हजार ३०२ मतले पछ्याइरहेका छन्।
‘
नेमकिपाका तर्फबाट उम्मेद्वार रहेका न्हुच्छे फोजूले तीन हजार २१४ मत र उपप्रमुख रिता काफ्लेले दुई हजार ६८६, राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहेका रबिन्द्रप्रताप शाहले तीन हजार ६४० मत, उपप्रमुखकी उम्मेद्वार यवती कार्कीले तीन हजार २२६ मत ल्याएर पछ्याई रहेका छन्। मतगणना सकिएका वडाहरु मध्ये १, २, ५ र ७ मा नेपाली कांग्रेसका समूह विजयी भएको छ भने वडा नं. ३, ४ र ६ मा एमालेको समूह विजयी भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा