सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालीको प्रतिब्यक्ति राष्ट्रिय आय अघिल्लो वर्षभन्दा करिब ११ हजार रुपैयाँले बढेको छ भने ऋण करिब ४ सय रुपैयाँले घटेको छ । यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३/७४ को सरकारको प्रगति वितवरण संसदमा पेश गर्दै नेपालीको प्रतिब्यक्ति आय ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताए। अघिल्लो आवमा प्रतिव्यक्ति आय ८० हजार ५ सय २५ रूपैयाँ थियो। अमेरिकी डलरमा भने आर्थिक वर्ष २०७२/७३मा यस्तो आय ७५७ डलर थियो भने चालु आवमा ८६२ डलर भएको जानकारी दिए। सर्वेक्षण अनुसार विगत १५ वर्षमा नेपालीको आय ४ गुणाले बढेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा