सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेष्ठ १४, प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकार काम चलाउ नभएको दाबी गरेका छन् । सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘बहुमत गुमाएर पनि काम चलाउ भएको होइन । जनताको विरोधले पनि होइन । देशलाई निकास र गति दिन आफूले चालेको रणनीतिक कदम हो यो ।’
आफूले प्रतिपक्षीलाई विश्वासमा लिन निरन्तर प्रयत्न गरेको उनको भनाइ थियो । ‘प्रतिपक्षीले पनि मेरो नेतृत्वको सरकार अलिक समय रही दिएहुन्थ्यो भनेको त्यसै होइन । ’ अविश्वासको प्रस्तावको जवाफ दिने क्रममा ओलीले चीनसँग भएको पारवहन लगायतका सम्झौता, नेपाल सरकार आफैले बनाउने निर्णय गरेको काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाकको भविष्य के हुन्छ भन्ने प्रश्न गरेका थिए । दाहालले १० महिने कार्यकालमा चीनसँगको सम्झौता कार्यान्वयन गर्नेतर्फ कुनै कदम नचाले पनि ओबरमा हस्ताक्षर र फास्ट ट्रयाक शिलान्यास गरेका छन् ।
उनले हिमाल, पहाड र तराई/मधेस जोडेर पहिलो चरणको निर्वाचन सफल गराएको र दोस्रो चरणको निर्वाचन सुनिश्चित गरेको बताए । ‘निर्वाचन कसले जित्छ, आफ्नो दलको स्थिति के हुन्छ भन्नेतर्फ ध्यान दिएको भए चुनाव हुँदैनथ्यो, मैले आफूले जित्न बल गरिनँ मधेस, पहाड र हिमाललाई जुटाएर तपाईंलाई जित्ने अवसर जुटाइदिँए’एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै प्रधानमन्त्रीले भने ‘गतवर्ष यही सदनमा सोधिएको प्रश्नको जवाफ मैले कसरी दिएँ यसको इतिहासले मूल्यांकन गर्नेछ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा