सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १३, काठमाडौं – वैशाख ३१ गते भएको स्थानीय तहको चुनावमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य तथ्य बुझी विशेष संसदीय छानविन समिति गठन गरेको छ । व्यवस्थापिका संसद्को शनिबारको दोस्रो बैठकले पहिलो चरणको चुनावमा धाँधली भएको बारेमा छानविन गर्न समिति गठन भएको हो । प्रमुख तीन दलका शीर्ष नेताबीच भएको सहमतिपछि संसद् बैठकको सुरुमा नै छानविन समिति गठन सम्बन्धी प्रस्ताव पेस भएको हो ।
समितिमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी, नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भाष्कर भद्रा र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका डाक्टर सुवोधकुमार पोखरेल हुनुहुन्छ । प्रमुख प्रतिपक्ष एमालेले गत वैशाख ३१ गते ३४ जिल्लाका २ सय ८३ स्थानमा भएको स्थानीय चुनावका क्रममा केहि जिल्लामा धाँधली भएको भन्दै छानविन हुनुपर्ने माग गर्दै आएको थियो । संसद्को नियमावली, २०७३ को नियम १८३ बमोजिम गठित समितिको कार्यावधि तीन महिनाको हुनेछ । समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि आफैले व्यवस्थित गर्न सक्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा