सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ११ जेठ ।
१. गिरिजा–प्रचण्ड भद्र सहमति
०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनअघि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच कोइरालालाई राष्ट्रपति बनाउने भद्र सहमति भएको थियो । निर्वाचनपछि माओवादी पहिलो शक्तिकेन्द्र बन्यो । कोइरालाले प्रचण्डलाई लामो समय सरकार गठनको बाटो खोलिदिएनन् । प्रचण्डले त्यसवेला कोइरालालाई राष्ट्रपति स्विकारेनन् । सहमति कार्यान्वयन नगरेर कमजोरी भएको टिप्पणी प्रचण्डले सार्वजनिक रूपमै गर्दै आएका छन् ।
२. झलनाथ–प्रचण्ड भद्र सहमति
माधव नेपाल नेतृत्वको सरकार ढलेपछि माओवादीको समर्थनमा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा नयाँ सरकार बन्यो । माओवादी अध्यक्ष प्रचण्डकै शब्दमा त्यसवेला खनाललाई ‘छापामार शैली’मा प्रधानमन्त्री बनाइएको थियो ।
२३ माघ ०६७ मा खनालले सरकारको नेतृत्व सम्हाल्दै गर्दा ६ महिनापछि उनले माओवादीलाई सरकारको नेतृत्व छोडने भद्र सहमति वनेको थियो । तर, सो सहमति पालना नभएपछि सातै महिनामा खनाल सरकार ढल्यो । त्यसपछि १२ भदौं, २०६८ मा वावुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएको थियो ।
३. शुसिल, प्रचण्ड– ओली भद्र सहमति
संविधान जारी गर्ने बेला प्रमखु तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका मुख्य तीन नेताका वीच एक खालको सहमति वनेको थियो । संविधान जारी गरेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री, कांग्रेसका तात्कालिन सभापति शुसिल कोइराला राष्टपति र माओवादीलाई सभामुख वनाउने गरि भद्र सहमति थियो । तर , शुसिल कोइरालाले सहमतिय सरकार निर्माणमा असहयोग गदै आफै प्रधानमन्त्रीको उम्मेदवार वन्न आए । त्यसवेला भएको भद्र सहमति पनि तोडिएको नेताहरुले सार्वजनिक अभिब्यक्ति दिदै आएका छन् ।आजको नयाँ पत्रिकाबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा