सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २८ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई टीकापुर पुगेका छन् ।
राजनीतिक भेटघाट र प्रशिक्षण कार्यक्रमका लागि उनी आइतबार टीकापुर पुगेका हुन् । सोमबार पार्टीको संगठन निर्माण तथा विस्तार अभियानसंगै सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको प्रमुख वक्ताका रुपमा टीकापुर पुगेका डा. भट्टराई आइतबार विभिन्न ठाउँका कार्यक्रममा सरिक भएका हुन् ।
प्रदेश प्रवेशद्वार चिसापानीमा कार्यकर्तासंग सामान्य भेटघाटपछि भृकुटी मावी जानकी–३ सुवर्णपुर, टीकापुर अस्पतालमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै सामुदायिक रेडियो टीकापुर एफएममा पत्रकारसँग साक्षात्कार गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा