सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं महानगरपालिका-५ मालिगाउँबाट स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सियारी गाउँपालिका-७ बस्ने २८ वर्षीय समिर सुनार र २९ वर्षीय मिलन बिक रहेका छन् ।
उक्त स्थानमा मिलन समेतका व्यक्तिहरूले हुण्डी सम्बन्धी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बा.१३ च ४८५८ नम्बरको गाडीबाट उक्त नगद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा