सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षका उम्मेदवार केशर सिंह ठकुरीले निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय टीकापुरमा एकजना बिरुद्ध उजुरी दिएका छन् ।
निर्वाचनमा राष्ट्रिय वाणिज्य बैंक भजनी शाखामा कार्यरत कर्मचारी नै पार्टीको प्रचारप्रसारमा लागेको भन्दै उनले उजुरी दिएका हुन । बैंकका कर्मचारी जीवन चौधरीले हालै स्थापित नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारका पक्षबाट चुनाव प्रचारप्रसारमा परिचालन भएको, टीकापुर स्थित मतगणना स्थलमा समेत संलग्न भएकाले कर्मचारीले नियम विपरीत जान नहुने भनी सम्झाउदा उल्टै धम्काएकोले कारबाहीका लागि उजुरी दिएका हुन् ।
उनले निवेदनमा लेखेका छन्, “हालै भएको निर्वाचनमा कैलाली भजनी स्थित वाणिज्य बैंकमा कार्यरत जीवन चौधरी टीकापुर नपा ४ मा उपस्थित भई नागरिक उन्मुक्ति पार्टीमा सहभागी भई प्रचारप्रसारमा परिचालन भएको र आज मिति २०७९/०२/०१ गतेका दिन टीकापुर स्थित मतगणना स्थलमा समेत संलग्न भई विभिन्न कार्य गरे पश्चात् कर्मचारीले नियम विपरीत यस्तो कार्य नगर्न अनुरोध गर्दा धम्काउने कार्य गरेकाले आवश्यक कारबाहीका लागि अनुरोध छ ।”
यो विषयमा निर्वाचन अधिकृतको कार्यालय टीकापुरका निर्वाचन अधिकृत पुष्कर खड्काले यो घटना आइतबार रातिको भएको र भोलिपल्ट उजुरी दिने कुरा भएतापनि अहिलेसम्म उजुरी दर्ता नभएको वा निवेदन आफुसम्म नपुगेको बताए । उनले बैंकको कर्मचारी निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने/नपाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेकाले के कस्तो कारबाही गर्ने भन्नेपनी उतै निर्णय हुने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा