सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ बैशाख । साताको तेस्रो दिन आज मंगलबार शेयर बजार परिसूचक नेप्से ४४ अंकको बढेको छ ।
सोमबार १२ अंकले बढेको नेप्सेमा मंगलबार ४४.१६ अंकको सुधारसँगै परिसूचक २३१३ विन्दुमा पुगेको छ ।
यस दिन २२६ कम्पनीका ३३ लाख ३० हजार १ सय ५० कित्ता शेयर किनबेच हुँदा १ अर्व ३५ करोड ६६ लाख भन्दा बढिको कारोबार भएको हो ।
कारोबार रकमा आज हिजोभन्दा ४ करोडले कमी आएको छ । हिजो १ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १ अर्ब ३५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
४४ अंकले नेप्से बढ्दा उपसूचक समूहहरू सबै बढेका छन् । जीवन बीमा २३६.८१, निर्जीवन बीमा १२४.०५ अंकले बढ्दा म्युचल फन्ड ०.०५ र लगानी समूह १.७ अंकले उकालो लागेका छन् । अन्य सबै समूह दोहोरो अंकले बढेका छन् ।
मंगलबार बरुण हाइड्रोपावर, नग्दी ग्रुप पावर, जाल्पा सामुदायिक लघुवित्त, युनिभर्सल पावर कम्पनी, दिब्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोपावरका लगानीकर्ताले लगभग १० प्रतिशतले कमाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा