सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ बैशाख । माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुने भएको छ । आउँदो शुक्रबारदेखी सुरु हुने परिक्षा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा सञ्चालन हुनेछ । परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
परीक्षाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ ।
७ वटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ ।
नियमित तालिका अनुसार चैतमा एसईई हुँदै आएको थियो । सरकारको निर्णय अनुसार वैशाख ३० गते पालिका चुनाव हुने भएकाले त्यसअघि नै परीक्षा गर्ने गरी बोर्डले मिति तय गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा