सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । ॐ चाबहिल डेन्टलले आफनो दोस्रो शाखा विस्तार गरेको छ । काठमाडौँको चाबहिलमा मुख्य कार्यालय रहेको डेन्टलले शनिवार कोटेश्वर चोकमा शाखा विस्तार गरेको हो ।
एक कार्यक्रमका बिच आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले उक्त शाखाको उद्घाटन गरेका हुन् । डा. प्रकाश बुढाथोकीले अन्य रोगहरूको तुलनामा दाँत एवम् मुखको रोगलाई गम्भीर रूपमा नलिने हाम्रो प्रवृत्ति, सरकारी तथा निजी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दाँत र मुखका रोगहरूबाट मानिसको तत्कालै ज्यान नजाने भन्ने विश्वासले थाहै नपाइ रोगले जटिलता लिइसक्ने भएकाले बेला बेलामा दाँतको परीक्षण गराइरहनुपर्नेमा जोड दिए ।
दाँतको उपचारमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको औल्याउँदै ॐ चाबहिल डेन्टलले गुणस्तरीय र ग्रामीण क्षेत्रमा पनि पुगेर आफ्नो सेवा विस्तार गर्न आग्रह गरे ।
चाबहिल चोकमा गुणस्तरीय सेवा सञ्चालन गर्दै आइरहेको डेण्टलले सेवाग्राहीकै अनुरोधमा कोटेश्वरमा शाखा खोलिएको सञ्चालक तथा अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले बताए ।
प्रबन्धक निर्देशक अनिल शर्माले विभिन्न जिल्लाका स्थानीय तहसम्म पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा ॐ चाबहिल डेन्टलले दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको बताए ।
शर्माले रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु अतिनै उत्तम हुने बताउँदै दाँतको समस्याको कारण दुखाइबाट मुक्त रहन, महँगो उपचारबाट राहत पाउन, मुखको रोगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोगहरूबाट ग्रसित नहुन तथा स्वस्थ दाँत, स्वच्छ स्वस्थ रहनको लागि बेला बेलामा परीक्षण नै उत्तम उपाय भएको बताए ।
सेवा प्रारम्भ भएदेखि ॐ चाबहिल डेन्टलले कोटेश्वर शाखाले एक महिना अर्थात माघ महिनाभरी दाँत तथा अनुहारको निशुल्क परीक्षण तथा अन्य उपचार सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको निर्देशक शर्माले जानकारी दिए ।
दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरणजडित अस्पतालले विशेषगरी विपन्न, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई विषेश छुटको पनि व्यवस्था गरेको शर्माले बताए ।
डेन्टलले सातै दिन विहान ९ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने गरेको छ । साथै बिरामीले अस्पतालको फेसबुक पेजमार्फत, टेलिफोन सम्पर्क वा म्यासेजमार्फत सम्पर्क गरेर व्यक्तिले आफ्नो समस्या सुनाउन र आवश्यक उपचार विधि बुझ्न पनि सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा