सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १७, मलेसिया, – बैदेशिक रोजगारीमा रहेका नेपालीले अब मोबाइलबाटै गुनासो, समस्या वा उजुरी सम्बन्धित निकायलाई पठाउन सक्ने भएका छन् । बैदेशिक रोजगारमा रहेका नेपालीहरुको समस्या संकलन गर्दै त्यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायसँग पु¥याउन पहल गर्ने सुविधासहितको ‘मुगलान’ एप हालै सार्वजनिक गरिएको छ । मलेसियाको क्वालालम्पुरमा गैर आवासीय नेपाली संघको एसिया प्रशान्त सम्मेलनको अवसरमा परराष्ट्र मन्त्री प्रकाश शरण महत र मलेसियाका लागि नेपाली राजदुत डा निरञ्जनमानसिंह बस्न्यातले उक्त एप सार्वजनिक गरेका हुन् ।
बैदेशिक रोजगारीको बेथिती न्युनीकरण गर्न र कामदारका समस्या गुनासो पहिल्याउने र सम्बन्धित निकाय एवं संस्थाहरुको सहयोगमा समाधानका लागि पहल गर्ने उद्देश्यले सो एप तयार पारिएको मुगलानका संस्थापक रामचन्द्र गिरीले जानकारी दिए ।
सूचना प्रविधि विषयका विद्यार्थीसमेत रहेका गिरीका अनुसार मुगलान एपमार्फत प्रयोगकर्तालाई ईमर्जेन्सी अवस्थामा पनि सहज होस् भनेर रातो रंगको बेग्लै ‘फल्वटीङ बटन’ राखीएको छ । प्रयोगकर्ताले त्यहाँ दबाएर आफ्ना गुनासो, जिज्ञासा तथा उजुरी लेखेर वा रेकर्ड गरेर पठाउन सक्नेछन् ।
एपमा बैदेशिक रोजगारी लगायत सबै क्षेत्रका समाचार, करिब ३ दर्जन देशहरुमा रहेका नेपाली दुतावासका ठेगाना, दुतावासका सेवाबारे जानकारी, गन्तव्य मुलुकको नियम कानुन, भाषा, हेल्पलाइन नम्बरहरु, सहयोगी संघसंस्थाका फोन, ईमेल, नीति तथा नियम, लोकेशन म्याप, ईभेन्ट, राशीफल, विनिमय दरभाउ, इमर्जेन्सी नम्बरहरु (दमकल, प्रहरी आदि) लगायत धेरै जानकारी राखीएको छ ।
मुगलानले दैनिक कामदारका स्वास्थ्य, सुरक्षा, शिक्षा, भाषा र ताजा समाचारहरुबारे नोटिफिकेसन पूस–मेसेज पठाउने गर्दछ । सार्वजनिक गरिएको करिब ५ दिनमै झण्डै हजार जनाले डाउनलोड गरिसकेका छन् भने करिब ३ दर्जन गुनासा एवं जिज्ञासाहरु प्राप्त भएका छन् । ती गुनासोहरुलाई सम्बन्धि देशमा रहेका नेपाली दुतावासहरुमा फरवार्ड गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा