सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १७ –सिरहा,राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीको सिरहामा ठूलो धक्का लाग्ने भएको छ । सो पार्टीका केन्द्रीय पदाधिकारीसहित ठूलो समूह उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका जाने तयारी गरेको छ । पार्टीका सहमहामन्त्री राजु गुप्ताको नेतृत्वमा १५ सय जना नेता तथा कार्यकर्ता सो फोरम नेपालमा प्रवेश गर्न लागेको बताइएको छ । साथै रौतहटमा पनि सो पार्टीबाट ठूलो सँख्यामा नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रवेश गर्न लागेका हुन् ।
सहमहामन्त्री गुप्ताले आज साँझ रातोपाटीसँग कुरा गर्दै भने, मलगायत पार्टीका केन्द्रीय सल्लाहकार रामबल्लव साह र पीबी ठाकुर, क्षेत्रीय अध्यक्ष प्रमोद साह, शिक्षक मञ्चको केन्द्रीय सदस्य नेपाली साह, दलित मञ्चको केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र पासवानलगायत १५ सय कार्यकर्ता तथा नेताहरु सद्भावना पार्टी छाडेर फोरम नेपालमा प्रवेश गर्न लागेका हौं ।’ पार्टी नेतृत्वको असक्षमता तथा पार्टीभित्रका केही स्वार्थी नेताका कारण पार्टी छाड्नु उनले परेको बताए । सहमहामन्त्री गुप्ता दुई महिनाअघि वीरगञ्जमा भएको पार्टीको विस्तारित बैठकमा राजिनामा दिएका थिए तर उनको राजिनामा स्वीकृत भएको छैन । उनीहरु २२ गते लहानमा एक कार्यक्रम गरी पार्टी त्यागेर फोरम नेपालमा प्रवेश गर्ने बताइएको छ ।
त्यसैगरि, हाम्रा रौतहट समाचारदाताले गराएको जानकारी अनुसार सद्भावना पार्टीका केन्द्रीय सदस्य एवं युवा विभागका प्रमुख योगेन्द्र राय यादवको नेतृत्वमा रौतहटमा पनि जिल्ला समितिका १३ जनाले सोबाट राजिनामा दिएर फोरम नेपालमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । उनीहरुले आजै राजिनामा दिएका छन् । रौतहटमा अरु नेता तथा कार्यकर्ताहरु राजिनामा दिने तयारी भइरहेको बताइएको छ । नेता यादवले भने, कुन पार्टीमा प्रवेश गर्ने विषय टुगों लागेको छैन, यद्यपी मैले आजबाट सद्भावना पार्टीमा छैन, राजनीतिक प्राणी भएकाले कही नकही राजनीतिक गर्नैपर्छ, साथीहरुसँग सल्लाह गरेर निर्णय लिनेछु ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा