सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । २४ घण्टामा नेपालभर थप तिन सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ५ सय ११ जनामा गरीएको पिसिआर परिक्षणबाट दुई सय ९८ जना र १ हजार ८ सय ९२ जनामा गरीएको एन्टिजेन परिक्षणबाट १७ जना गरी तिन सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअबधिमा दुई सय एक जना कोरोना संक्रमित निको भएका छन् । योसहित नेपालमा हालसम्म ८ लाख ३ हजार ३६९ जनाले कोरोना संक्रमणलाई जितेका छन् जुन ९७.७ प्रतिशत हो ।
२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मुत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको छ ।
हाल नेपाल अधिराज्य भर ७ हजार ४५ जना सक्रिय संक्रमित रहेका छन् । भने ९८ जना क्वारेन्टाइनमा रहेका छन् ।
२४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा