सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नमराज भट्ट/काठमाडौं । बझाङका बाढीपहिरो पीडित परिवारलाई डाक्टरहरु मिलेर करिब ४ लाख आर्थिक सहयोग गरेको छ ।
नेपालगञ्ज मेडिकल कलेजको अप्थाल्मोलोजी विभाग प्रुमख तथा नेपाल मेडिकल एसोसिसन सदस्य प्रा. डा. नन्दाकुमारी गुरुङले बझाङका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले बाढीपहिरो पीडितलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।
‘बझाङ डाक्टर ग्रुप’ले बझाङका बाढीपहिरो पीडितका लागि सुरु गरेको आर्थिक सहयोग अभियानमा ‘नेप्लिज डक्टर्स इन माल्भ्सि’ ले पनि साथ दिएको छ । ‘नेप्लिज डक्टर्स इन माल्दिभ्स’ ले १ लाख १८ हजार ४५० रुपैयाँ आर्थिक सहयोग गर्दै अभियानलाई साथ दिएको हो ।
त्यस्तै बझाङ स्थायी घर भै जिल्ला भित्र र बाहिर काम गरी रहेका बझाङ्गी डाक्टर ग्रुपका डाक्टरहरुले आफू सक्दो सहयोग गरेको रकम १ लाख ८० हजार २० रुपियाँ रहेको छ।
असोज ३१ देखि कात्तिक ४ गतेसम्मको बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले बझाङमा ठूलो नोक्सानी गरेको थियो । सो बाढीपहिरोबाट १२ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका थिए ।
त्यस्तै, बाढीपहिरोका कारण झण्डै ९ सय परिवार विस्थापित भएका छन् ।
बाढीपहिरोले जिल्ला ठूलो क्षती पुर्याएको खबर सुनेपछि ‘बझाङ्गी डाक्टर ग्रुप’ले आर्थिक संकलन अभियान सुरु गरेको थियो । हालसम्म सो ग्रुपले अभियानअन्तर्गत ३ लाख ९८ हजार रुपैयाँ संकलन गरेको नेपालगन्ज मेडिकल कलेजका उप प्राध्यापक तथा बझाङ्गी डाक्टर्स ग्रुपका डा. डबल बहादुर धामीले जानकारी गराउनु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा