सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास हुने बताएका छन् ।
बाढी पहिरोले पुर्याएको क्षती अवलोकनका लागि धनगढी पुगेका देउवाले पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले पारित हुने बताएका हुन ।
‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ । एमसीसी पास हुन्छ’, देउवाले भने, ‘यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन ।’
उनले एमसीसीमा संशोधन गर्नुपर्ने विषयसमेत नरहेको बताएका थिए ।
देउवाले सत्ता गठबन्धनले भनेमा अर्ली इलेक्सन हुनसक्ने पनि बताएका छन् ।
‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’
प्रधानमन्त्री देउवाले बाढीपहिरोले निम्त्याएको क्षतिबारे अल्पकालीन र दीर्घकालीन राहतको कार्यक्रम ल्याइने बताएका छन् । उनले पुनर्निर्माणको योजनाहरू ल्याउने आश्वासन दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा