सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र’१३ वीरगन्ज : हत्या गरेर बोरामा हाली फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।बाराको प्रसौनी गाविस-८ स्थित नौतन गाउँबाट २ किलोमिटर उत्तरमा पर्ने सिङ्याही खोला किनारमा अन्दाजी ३०/३२ वर्षकी महिलाको शव आइतबार फेला परेको हो। खेतमा काम गर्न गएका स्थानीयले खोला किनारमा बोराभित्र शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा पुगेर हेर्दा भित्र जुटको र बाहिर प्लास्टिकको बोरामा पोको पारेर फालिएको अवस्थामा शव फेला पारिएको बारा प्रहरीका प्रहरी निरीक्षक अरुण कुशवाहले बताए। ‘घाँटीमा पासो लगाएर पछि घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ,’ उनले भने, ‘महिलाको साथबाट सुनको सिक्री र दुई वटा औंठी फेला पारेका छौं।’उनको नामथर नखुले पनि आसपासकै हुन सक्ने कुशवाहले बताए। शवको पोस्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ।पहिलो पोस्टबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा