सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि राजनीतिक छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल बिना प्रयोजन साताव्यापी भ्रमणमा उत्तरी छिमेकी मुलुक चीनतर्फ निस्केका छन् ।
‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा सम्बोधन गर्ने नाममा कुनै राजनीतिक र विकासका ऐजेण्डा नबोकी कार्यकारी प्रमुख यसरी विदेश भ्रमण गएको नेपालको राजनीतिक इतिहासमा सम्भवत पहिलो घटनाका रुपमा चित्रित हुन पुगेको छ ।
प्रधानमन्त्री दाहालको बिहीबार सुरु भएको चीन भ्रमणले धेरैवटा राजनीतिक र कूटिनीतिक प्रचलन एकैपटक तोडिदिएको छ । प्रधानमन्त्री दाहालले इतिहासमा पहिलोपटक विदेश भ्रमणको अजेन्डालाई मन्त्रिपरिसदबाट पारित नगरी हिँडेका छन् ।
सामान्यतय मन्त्रिपरिषद बैठकले भ्रमण हुने देश, कार्यक्रम र सहभागीको सूची, खर्च विवरण पारित गर्ने प्रचलन रहेको परराष्ट मामिला विज्ञ डा राजन भट्टराईले बताए । आजको नागरिक दैनिकमा खवर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा