सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत (माओवादी केन्द्र)को प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । एमाले नेता शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि मुख्यमन्त्री रिक्त थियो ।
केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री केसीले प्रदेशसभामा बहुमत पुर्याएपछि नियुक्ति पाएका हुन् । उनले बिहीबार ४२ जना सांसदको हस्ताक्षरसहितको दाबी प्रदेश प्रमुखलाई बुझाएका थिए ।
गठबन्धनका प्रमुख घटक कांग्रेस, माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
मुख्यमन्त्री केसीले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेको स्रोतले बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा