सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत १० । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी सहर लन्डनस्थित संसद भवनअगाडि बुधबार गरिएको आतंककारी हमलाको निन्दा एवं भर्त्सना गरेका छन् ।
मन्त्री डा. महतले बिहीबार नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश पठाइ सो घटनाको निन्दा गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिएका छन् ।
उक्त सन्देशमा परराष्ट्रमन्त्री डा. महतले सो आतंककारी घटनामा परी ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
साथै, मन्त्री डा. महतले नेपाली जनता र नेपाल सरकार यस्ता आतंककारी घटनाकाविरुद्धमा र बेलायती सरकार र बेलायती नागरिकका पक्षमा दृढतापूर्वक उभिएको पनि सो सन्देशमा उल्लेख गरेका छन् ।
बेलायतको राजधानी लन्डन सहरस्थित बेलायतको संसद भवनअगाडि बुधबार भएको सो आतंककारी हमलामा परी पाँचजनाको ज्यान जानुको साथै अन्य ४० जना घाइते भएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा