सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हाम्रो समाज कती सभ्य र शिस्ट छ भनेर थाहा पाउन धेरै खोजी निती गर्नु पर्दैन। एकपटक तपाईं हाम्री छोरीहरु हामीबाटै कती सुरक्षित छन भनेर सोचे मात्रै पुग्छ। सुचना र संचार को बिकासका कारण कुनै पनि घटना सहजै बाहिर आउने गरेकाले पनि होला महिला माथि हुने बिभेद, हिंसा, बलत्कार, शोषण, बालबिबाह, बहुबिबाह आदी बिरुद्दका उजुरिहरु धमाधम पर्ने गरेका छन। यस बर्षमात्रै करीब दुई हजार मुद्दाहरु महिला माथिहुने बिभिन्न घटनाहरु सँग सम्बन्धित छन। जसमध्य करीब सात सय मुद्दा बलत्कार सँग सम्बन्धित छन। यसरी हाम्रो समाजमा महिला माथि हुने बिभिन्न प्रकृतिका घटनाहरु घटिरहेका छन, जस्को परिणाम स्वरुप महिलाहरुलाई अझ कम्जोर बनाउदै लगिरहेको छ। वास्तवमा भन्ने हो भने छोरीहरु कसै सँग पनि सुरक्षित छैनन। आँफैनै बाबु होस या दाजु भाई, उनिहरु बाट पनि सुरक्षित हुन सकिरहेका छैनन। हाम्रो समाजमा आँफै बाबुले छोरीलाई पटक पटक बलत्कार गरेका उदाहरण प्रसश्त छन जुन संचार माध्यममा देखिएका प्रतिनिधि घटना मात्र हुन।
छोरीलाई देवीको रुपमा पुज्ने पनि हाम्रो समाज नै हो भने, छोरीलाई अशुभ को रुपमा हेर्ने समाज पनि यही हो। छोरीलाई पराइ घर जाने जात को उपमा दिने हाम्रो समाज यही कारणले पछी परेको हो। छोरी शिक्षित हुन सके मात्र एउटा सिङ्गो घर, समाज अनी राष्ट्र नै शिक्षित बन्छ भन्ने खोइ बुझेको? महिला र पुरुष एक रथका दुई पाङ्रा हुन, कुनै एक पाङ्रा गूड्न सकेन भने रथ जहाँ को त्यही रहिरन्छ। महिला र पुरुष दुबैको समान सहयोग कै कारण उनिहरुको जीवन सहज ढंगबाट चले को हुन्छ। त्यसैले पनि एक अर्कालाई हेर्ने दृष्टिकोण पनि समान हुनु पर्छ।
हाम्रै घर भित्र महिला माथि हुने घरेलु हिंसा बढेका बढै छन । महिलाले महिलालाई नै पनि हिंसा गर्दै आएका छन भने महिला हिंसाका लागि महिला हरुनै बढी जिम्मेवार देखिन्छन। किन कि एउटा सासुले बुहारीलाई अनी एउता नन्दले भाउजुलाई बिभिन्न तरहले शारिरिक तथा मानसिक रुपले यातना दीइरहेका हुन्छन। यसरी यातना सहेर पनि लाखौं लाख महिला जीवन जिउन वाध्य हुन्छन। आफ्नै परिवारबाटै पीडित भएपछी अरुबाट उनिहरुले न्याय पाउने आशनै मारिसकेका हुन्छन। दाईजो नल्याएको निउमा होस या छोरी जन्माएको निउमा होस् उनिहरु माथि घरपरिवारले नै यातना दिने गर्दछन। दाईजो नल्याएको निहुमा होस् या बोक्सी को आरोपमा आगो लगाएर जलाउने, शरीर अङभंग हुने गरी घाइते बनाउने, मलमुत्र खुवाने, चार पाटा मुडेर गाउ डुलाउने गर्दछन । यस्ता कुकृत्य हेरेर हाम्रो समाज मौन बसिदिन्छ अनी यस्ता घटनालाई बढाउनका लागि प्रोस्त्साहन दिलाउदछ। यो सोचिदैन कि पिढित महिला हाम्रै छोरी, बुहारी, आमा हुन भनेर।
छोरीहरु स्कुल जादा होस् या बजार जादा जही तही हिंसा को सिकार बन्छन। यात्रा का क्रममा यातायातका साधनहरुमा समेत छोरीहरु हिंसा का सिकार बन्दछन। जब सम्म परिवारले छोरा र छोरी बिच को बिभेद अन्त्य गर्दैन तबसम्म हाम्रो समाजमा छोरीहरुलाई हेर्ने दृष्टिकोण मा कुनै परिवर्तन आउँदैन। छोरीलाई पनि छोरा सरह व्यबहार गर्न सकेमा उनिहरुको आत्मसम्मान बढ्नेछ अनी उनिहरु माथि हुने हिंसामा पनि कमी हुनेछ। हेर्नुस् त कहाँ सुरक्षित छन छोरीहरु?
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा